काठमाडौं - कार्तिक आर्यन र सारा अली खानको फिल्म ‘लभ आजकल’को ट्रेलर रिलिज भइसकेको छ । फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक इम्तियाज अली र निर्माता दिनेश विजान पनि उपस्थित थिए । ‘लभ आजकल’को ट्रेलर रिलिज कार्यक्रममा कार्तिक र साराले आफ्नो भ्यालेन्टाइन–डेको योजनाको चर्चा पनि गरे । 

सारा र कार्कितको उक्त भिडियो सोसल मिडियामा भाइरलन बनिरहेको छ । कार्यक्रममा सारा र कार्तिकलाई भ्यालेन्टाइन–डेको योजना के छ ? भनेर प्रश्न गरिएको थियो । प्रतिउत्तरमा अभिनेत्री साराले भनिन्, ‘लभ आजकल हेर्नुछ, भ्यालेन्टाइन डेको दिन । अरु के नै गर्नु छ र !’

Image result for kartik sara

त्यस्तै अभिनेता कार्तिकलाई पनि प्रश्न उही प्रश्न गरिएको थियो, तर कार्तिकले जवाफ दिन पाएनन् । सारालेनै फेरि बोलिन्, ‘उ पनि आउनेछ । यसलाई के सोधिरहेको ?’

त्यसपछि साराले कार्तिकलाई सोध्छन्, ‘आउँदैनौं ?’ अनि बल्ल कार्तिक बोले, ‘हो हो, हाम्रै फिल्म हो । अरु कोसँग जाऊ त !’ कार्तिकले यसो भनिरहँदा सबै अडियन्स हाँस्छन् । 

Image result for kartik sara

लभ आजकल फिल्म वीर र जोईको कहानी हो, जसले आफ्नो करियरसँगै सम्बन्धलाई पनि मजबुत बनाउन कोसिश गर्छन् । फिल्मको ट्रेलरमा सारा र कार्तिक दुवैको रोमान्स हेर्न लायक छ । 

फिल्मको ट्रेलरले मिश्रित प्रतिक्रिया पाइरहेको छ । यो फिल्म २००९ मा दर्शकमाझ रिलिजमा आएको लभ आजकलको रिमेक बताइएको छ । उक्त फिल्ममा दीपिका पादुकोण र सैफ अली खान मुख्य भूमिकामा थिए ।