म्याग्दी - म्याग्दीमा पहिरोमा पुरिएकामध्ये १७ जनाको शव फेलापरेको छ । तीनजनाको जीवितै उद्धार गरिएको छ ।

लगातारको वर्षापछि शुक्रबार बिहान आएको पहिरोमा परी बेपत्ता भएका ३४ जनामध्ये शनिबार दिउँसोसम्म १७ जनाको शव फेलापरेको हो ।

१५ जना अझै बेपत्ता रहेका म्याग्दी, असार २७ । म्याग्दीमा पहिरोमा पुरिएकामध्ये १७ जनाको शव फेलापरेको छ । तीनजनाको जीवितै उद्धार गरिएको छ ।

लगातारको वर्षापछि शुक्रबार बिहान आएको पहिरोमा परी बेपत्ता भएका ३४ जनामध्ये शनिबार दिउँसोसम्म १७ जनाको शव फेलापरेको हो । १५ जना अझै बेपत्ता रहेका छन् ।

मृत्यु हुनेमा धौलागिरि गाउँपालिकाका सुकुना लामगादे, आशिष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, प्रकाश केसी रहेका छन् ।

यस्तै, मृत्यु हुनेमा मालिका गाउँपालिकाका गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, विष्णु नेपाली, सन्दीप नेपाली, निशा नेपाली र विष्णु पौडेलको रहेका छन् ।

धौलागिरि र मालिका गाउँपालिकामा गएको पहिरोमा नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बेपत्ताहरुको खोजी गर्नेक्रममा १७ जनालाई मृत अवस्थामा फेलापारेको हो ।

घाइतेहरुलाई हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि बेनी अस्पताल र पोखरा मणिपाल अस्पताल पठाइएको छ । अरु बेपत्ताहरुको खोजी जारी रहेको प्रहरीले जनाएका छ ।

घटनाको दुई दिन बित्दासम्म बाढी–पहिरोको सबैभन्दा बढी प्रभावित क्षेत्रमा राज्य संयन्त्र र उद्धारकर्ता नआएको भन्दै पीडितले गुनासो गरेका छन् ।

२२० जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले बताएको छ ।छन् । मृत्यु हुनेमा धौलागिरि गाउँपालिकाका सुकुना लामगादे, आशिष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, प्रकाश केसी रहेका छन् ।

यस्तै, मृत्यु हुनेमा मालिका गाउँपालिकाका गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, विष्णु नेपाली, सन्दीप नेपाली, निशा नेपाली र विष्णु पौडेलको रहेका छन् ।

धौलागिरि र मालिका गाउँपालिकामा गएको पहिरोमा नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बेपत्ताहरुको खोजी गर्नेक्रममा १७ जनालाई मृत अवस्थामा फेलापारेको हो ।

घाइतेहरुलाई हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि बेनी अस्पताल र पोखरा मणिपाल अस्पताल पठाइएको छ । अरु बेपत्ताहरुको खोजी जारी रहेको प्रहरीले जनाएका छ ।

घटनाको दुई दिन बित्दासम्म बाढी–पहिरोको सबैभन्दा बढी प्रभावित क्षेत्रमा राज्य संयन्त्र र उद्धारकर्ता नआएको भन्दै पीडितले गुनासो गरेका छन् । २२० जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले बताएको छ ।