काठमाडौंसहित देशका पहाडी क्षेत्रमा असिना पानी
काठमाडौं - काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा असिना पानी परेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका धेरैजसो ठाउँमा चट्याङसहित असिना पानी परेको माैसनविदले जानकारी दिएका छन् ।
पानी नपरेका पहाडी क्षेत्रमा पनि मौसम धुम्मिएको छ । केही ठाउँमा हावा चलेको छ । आज राति पनि पहाडी क्षेत्रमा हावाहुरीसहित चट्याङ र पानी पर्ने सम्भावना रहको मौसमविद् बताए ।
प्रि–मनसुनमा प्राय हरेक दिनजसो बेलुकाको समयमा चट्याङ पर्ने सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउनुपर्छ । दिउँसोपछि खेतबारीमा सकेसम्म काम नगर्न मौसमविद्को सुझाव छ ।
भोलि र पर्सी पनि काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । तराईका जिल्लाको मौसम भने आंशिक बदली भएको छ ।
फेसबुक पेज Like गर्नुहोस