संकटमा नेतृत्वविहीन परराष्ट्र
काठमाडौं - संकटका बेला महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने परराष्ट्र मन्त्रालय दुई महिनादेखि नेतृत्वविहीन छ। मुलुक विश्वव्यापी कोरोना महामारीको चपेटामा परिरहेका बेला खोप तथा स्वास्थ्य सामग्री खरिदमा अग्रसरता लिनेदेखि छिमेकी तथा मित्र राष्ट्रहरूसँग समन्वय गर्ने हिसाबले परराष्ट्र मन्त्रालयको महत्वपूर्ण भूमिका हुन्छ।
अर्काेतर्फ हालै मात्र सार्क सदस्य मुलुक अफगानिस्तानमा विद्रोही समूूह तालिवानले कब्जा गरेको छ। अफगानिस्तानमा रोजगारीका सिलसिलामा पुगेका हजारौं नेपाली नागरिकसमेत फसेका छन्। आफ्ना नागरिकलाई सुरक्षित स्वदेश फर्काउनुपर्ने दायित्वसँगै सार्कको अध्यक्ष मुलुकका हिसाबले पनि अफगानिस्तान संकटका बारेमा नेपालले रचनात्मक भूमिका खेल्नुपर्ने हुन्छ। तर सरोकारवाला मन्त्रालय नै नेतृत्वविहीन भएका कारण यस विषयमा नेपालको भूमिका प्रभावकारी हुन नसकेको परराष्ट्र मामिलाका जानकार बताउँछन्।
अफगानिस्तान घटनाले क्षेत्रीय संकट गहिरिँदै जाँदा पूर्वराजदूतहरूको समूहले समेत सार्क संगठनको अध्यक्ष मुलुकका हिसाबले नेपालले सरोकारवाला देशसँग वार्ताका लागि पहल गर्न आग्रह गरेको छ।
नागरिक दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस