सरकारले आवश्यक परे अध्यादेश ल्याउन सक्छ : प्रधानमन्त्री
खबर एक्सप्रेस
२०८१-०७-०७ ०२:१२ मा प्रकाशित
Total Shares: 74
काठमाडौं - सत्ता गठबन्धनको आज (बुधबार) बसेको बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशबारे पनि चर्चा भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सहज हुने गरी अध्यादेश ल्याउने तयारी भइरहेको बेलामा आज बालुवाटारमा बसेको बैठकमा यो विषय उठेको हो ।
अध्यादेशको विषयमा बैठकमा कुरा उठेपछि त्यस्तो कुनै तयारी नभएको प्रधानमन्त्रीले बैठकमा प्रष्टीकरण दिएको जनता समाजवादी पार्टीका महासचिव मोहम्मद इश्तियाक राईले जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस