काठमाडौं - टप एन्ड टी–२० शृङ्खलामा आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको छ ।

नर्दन टेरिटोरीले दिएको एक सय ७८ रनको लक्ष्य पछ्याएको नेपालले आठ विकेट गुमाएर एक सय ३५ रन मात्रै बनाउन सक्यो ।

नेपालका कुशल मल्लले ३४, कुल्शनकुमार झाले २६ र कप्तान रोहितकुमार पौडेलले २३ बनाए । नर्दनका म्याट ह्यामन्डले तीन तथा केन रिचार्डसन र टम एन्ड्रयूजले समान दुई विकेट लिए ।

त्यसअघि अस्ट्रेलियाको डार्बिनमा टस हारेर ब्याटिङ गरेको नर्दन टेरिटोरीले आठ विकेट गुमाएर एक सय ७७ रन बनाएको थियो । नर्दनका डासी शर्टले ५१ रनसहित अर्धशतक बनाए ।

यस्तै टस एन्ड्रयूजले ३२ रन बनाए । नेपालका सन्दिप लामिछानेले तीन, शाहब आलमले दुई तथा रुपेशकुमार सिंह, दीपेन्द्रसिंह ऐरी र कुल्शनकुमार झाले समान एक विकेट लिए ।