प्रधानमन्त्री थ्री नेसन्स कप : नेपाल र भुटानको बराबरी
खबर एक्सप्रेस
२०७९-१२-१४ ०८:२२ मा प्रकाशित
Total Shares: 183
काठमाडौं-प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपाल र भुटानले बराबरी खेलेका छन् ।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपाल र भुटानले १–१ को बराबरी खेलेका हुन् ।
भुटानका लागि खेलको १९ औँ मिनेटमा तेन्जिङ नोर्बुले गोल गरे । नेपालका लागि खेल सकिन केही सेकेन्ड अगाडि दिपकराज सिंह ठकुरीले गोल गरे ।
यससँगै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार हुने फाइनल खेलमा नेपालले लाओससँग खेल्नेछ ।
फेसबुक पेज Like गर्नुहोस