काठमाडौं - एभरेष्ट प्रिमयर लिग (इपिएल) टि–ट्वान्टी  क्रिकेट प्रतियोगितामा आज हुने तय भएको पहिलो खेल वर्षाले प्रभावित बनेकाे छ । 

त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदान  हुने तय भएको भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलेभेनबीचको  पहिलो खेल वर्षाका कारण सुरु हुन सकेको छैन । 

साढे ९ बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण अझै टस भएको छैन । आज दिउँसो साढे १ बजे विराटनगर वारियर्स र पोखरा राइनोज आमनेसामने हुने छन् ।