दाङमा पहिरोले पुरिएर आमा-छोरीको मृत्यु
खबर एक्सप्रेस
२०७७-०४-१४ १०:२५ मा प्रकाशित
Total Shares: 343
घोराही - दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण बुधबार बिहान घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका-५ साकिनेकी २६ वर्षीया बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
गए राति ३ बजेतिर घरमाथिको कान्ला भत्केर आधा घर पुरिँदा उनीहरूको मृत्यु भएको हो। घरमा परिवारका अन्य सदस्य रहेको भए पनि आधामात्रै घर पुरिएकाले अन्य सदस्य भने सकुशल रहेको प्रहरीले बताएको छ। यस विषयमा थप विवरण आउन बाँकी छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले असार १६ गतेसम्म देशका विभिन्न भागमा अति भारी वर्षा हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ।

.gif)




फेसबुक पेज Like गर्नुहोस