अग्रता जोगाउन नसक्दा नेपाल पराजित
काठमाडौं - एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
उज्वेकिस्तानस्थित (जेएआर एसओके) माजमुएसी स्टेडियममा शनिबार भएको खेलमा अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्ससँग २-१ले पराजित भएको हो ।
नेपालले खेलको १०औं मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । नेपालका लागि विमला चौधरीले गोल गरिन् । उनको राष्ट्रिय टोलीबाट पहिलो गोल हो । तर, खेलको ३९ मिनेट चोट बोकेसँगै विमलाले मैदान छाडिन् । उनको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गरेकी थिइन् ।
त्यसपछि खेलको अन्तिम समय र इन्ञ्युरी समयमा ताहनाई अनिस र विल्सनले समान एकएक गोल गर्दै फिलिपिन्सलाई २-१को जित दिलाए । यस जितसँगै फिलिपिन्सले पहिलो खेलमा ३ अंक जोडेको छ । अब समूह ‘एफ’ मा नेपालले ५ असोजमा हङकङसँग खेल्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस