डेभिड अल्बा रियलमा अनुबन्ध
खबर एक्सप्रेस
२०७८-०२-१५ १२:४१ मा प्रकाशित
Total Shares: 390
काठमाडौं,एजेन्सी - स्पेनिस क्लब रियल मड्रिडले डिफेन्डर डेभिड अल्बालाई अनुबन्धित गरेको छ । रियलले फ्री ट्रान्सफरमा बायर्न म्युनिखका डिफेन्डर अल्बालाई अनुबन्ध गरेको हो ।
२८ वर्षीय अष्ट्रियाका डिफेन्डरले रियलसँग पाँच वर्षको सम्झौता गरेका छन् । उनको यस सिजनको अन्त्यसँगै म्युनिखसँगको सम्झौता सकिएको थियो ।
१३ वर्ष बायर्नमा बिताएका उनले ४ सय ३१ खेलमा ३३ गोल गरेका छन् । बायर्नबाट उनले १० बुन्डेसलिगा र २ च्याम्पियन्स लिग र ६ जर्मन कप जितेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस