सुनको मूल्य तीन सातायताकै सस्तो, कति छ आजको बजार भाउ ?
खबर एक्सप्रेस
२०७७-०५-१९ ११:०७ मा प्रकाशित
Total Shares: 421
काठमाडौं - सुनको मूल्य तीन सातायताकै सस्तो बनेको छ । अघिल्लो दिनको तुलनामा सुन तोलाको सय रुपैयाँले सस्तिएर ९६ हजार ४ सय रुपैयाँ कायम भएको हो ।
छापावाल सुनको बिहीबार ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुन पनि सय रुपैयाँले सस्तिएर तोलको ९५ हजार ९ सय रुपैयाँ तोकिएको छ । सुनको मूल्य घट्दा शुक्रबार चाँदी ३५ रुपैयाँ घटेर तोलाको १३ सय १० रुपैयाँ कायम भएको छ ।
साउन २८ गते तोलाको ८५ हजार ४ सय रुपैयाँ कायम भएको सुनको मूल्य त्यसयता तोलको लाख रुपैयाँ नाघेर फर्किएको हो । सुनको मूल्य साउन २३ गते इतिहासकै सर्वाधिक १ लाख ३ सय ५ रुपैयाँ पुगेको थियो ।

.gif)




फेसबुक पेज Like गर्नुहोस