बुटवल - रुपन्देहीमा कोरोनाभाइरसको संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित धागो कारखानामा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत नवलपरासीकी एक महिला र बुटवलका एक पुरुषको मृत्यु भएको हो।

अस्पतालका अनुसार नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं २ की ३७ वर्षीय महिला र बुटवल उपमहानगरपालिका वडा नं ११ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज (शनिबार) बिहान ६ बजे भएको हो । ती महिलामा ज्वरो र श्वास प्रश्वासको समस्या आएपछि भदौ १७ गते अस्पतालमा भर्ना गरिएको थियो ।

यस्तै, बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । ती पुरुषलाई भदौ १५ गते अस्पताल भर्ना गरिएको थियो ।

दुवैको भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको थियो । योसँगै रुपन्देही जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।