भदौं १५ सम्म उपत्यकामा निषेधाज्ञा लम्ब्याउन सुझाव
काठमाडौं - उपत्यकाका तीन वटै जिल्लामा जारी निषेधाज्ञ लम्ब्याउन जिल्ला प्रशासनलाई सुझाव दिइएको छ। उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावस्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म निषेधाज्ञ लम्ब्याउने सुझाव दिएको हो।
उपत्यका नगरपालिका मेयर फोरमको सोमबार बसेको बैठकले संक्रमण संख्या बढेको निष्कर्ष निकाल्दै निषेधाज्ञा उपत्यका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णय गरेका हुन्।
बैठकमा छलफल भएअनुसार निषेधाज्ञालाई केही समय थप गर्न जिल्ला प्रशासनलाई सुझाव दिँदै पिसिआर परीक्षणलाई बढाएर संक्रमणको स्थितिलाई नियन्त्रणमा लिने योजना बनाइएको छ।
भदौ ४ देखि लागू भएको निषेधाज्ञाको अवधि १० गते राति १२ बजेसम्म तोकिएको थियो। उपत्यकाका स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय भएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस