च्याम्पियन्स लिगः रियल मड्रिडलाई पराजित गर्ने रणनीतिमा चेल्सी
काठमाडौं, एजेन्सी - आज राति च्याम्पियन्स लिगको सेमिफाइनलको खेलको दोस्रो लेगमा चेल्सी र रियल मड्रिडबीच खेल हुँदैछ । पछिल्लो समय उच्च फर्ममा रहेको चेल्सीले पहिलो लेगको खेलमा रियललाई कडा टक्कर दिएको थियो
रियलको घरेलु मैदानमा भएको खेलमा चेल्सी र रियलबीचको खेल बराबरीमा सकिएको थियो । अवे गोलको फाइदा रहेको चेल्सीले घरेलु मैदानमा रियललाई पाखा लगाउन सक्ने सम्भावना बलियो रहेको समिक्षकहरु बताउँछन् ।
उता च्याम्पियन्स लिगमा सबैभन्दा अनुभवी टोली रियलले पनि चेल्सीलाई पराजित गर्न कुनै कसर बाँकी नराख्ने केही समिक्षकहरु बताउँछन् । रियलका प्रशिक्षक जिनेदिन जिदान रियललाई आफ्नो कार्यकालमा चौथो पटक च्याम्पियन्स लिगको उपाधि जिताउने रणनीतिमा रहेका छन् ।
तर, केही महिना अगाडि चेल्सीले नियुक्त गरेका प्रशिक्षक थोमस टुचेल पहिलो सिजनमा नै उपाधि दिलाउने दाउमा रहेका छन् । पहिलो लेगमा देखाएको खेल प्रदर्शनले पनि रियललाई पराजित गर्न चेल्सीका खेलाडीहरु सक्षम रहेको उनको ठम्याई रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस