१२ सय ४६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५० हजार नाघ्यो
खबर एक्सप्रेस
२०७७-०५-२५ ०४:१८ मा प्रकाशित
Total Shares: 276
काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्याले ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार बिहीबार नेपालमा कोरोना संक्रमितको संख्याले ५० हजार नाघेको हो ।
पछिल्लो २४ घण्टामा १२ सय ४६ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको हो । आठ लाख बढीको पीसीआर परीक्षण हुँदा कोरोनाले मृत्यु हुनेको संख्या भने तीन सय १७ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस