नेपालीलाई डब्लुएचओले भन्यो, 'भौतिक दूरी अनिवार्य कायम गर्नुस्, सावधानी अपनाऊनुस् '
काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरस (कोभिड- १९)को जोखिम कायमै रहेकाले भौतिक दूरी अनिवार्य कायम गर्न अपिल गरेको छ ।
डब्लुएचओका नेपाल प्रतिनिधि जोस भ्यान्डेलरले मास्क लगाउने, नियमित हात धुने तथा भौतिक दूरी कायम गरेमा कोरोनाबाट धेरै हदसम्म बच्न सकिने उल्लेख गरेका छन् ।'हाम्रो भौतिक दूरी संक्रमण रोक्ने एक अचुक उपाय हो ।
मास्कको प्रयोग अर्को सरल उपाय हो । संक्रमितको सम्पर्कमा आएको खण्डमा यसले केही हदसम्म रोक्न मद्दत गर्दछ, अर्को सरल उपाय हात धुनु हो,' उनले भनेका छन्, 'कम्तिमा १ मिटरको दूरी कायम गर्न सक्यौं भने मात्र पनि जोगिन सकिन्छ ।'
सबैले पर्याप्त सावधानी अपनाउने हो भने संक्रमित हुनुपर्ने तथा पुन: लकडाउन गर्नुपर्ने अवस्था नआउने उनको सुझाव छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस