कांग्रेसको १४औं महाधिवेशन: कांग्रेस महामन्त्रीको मतगणना सुरु
खबर एक्सप्रेस
२०७८-०९-०१ १०:०५ मा प्रकाशित
Total Shares: 213
काठमाडौं - नेपाली कांग्रेसको महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । बिहीबार बिहान १० बजेदेखि मतगणना प्रारम्भ गरिएको हो ।
मतगणनाका लागि मतपेटिकाबाट मत खसाइएको र केही समयभित्रै मत परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिले जानकारी दिएको छ ।
कांग्रेसको दुई महामन्त्रीका लागि ६ जना उम्मेदवार छन् । जसमा गगन थापा, विश्वप्रकाश शर्मा, डा.प्रकाशशरण महत, डा.मिनेन्द्र रिजाल, प्रदीप पौडेल र डा.राजाराम कार्की छन् ।
फेसबुक पेज Like गर्नुहोस