काठमाडौं - सभामुख डीपी अर्याल सवार कार्गेडलाई थापाथलीमा लेन क्रस गरेको कसुरमा ट्राफिक प्रहरीले चिट काटेको छ।

भीआईपी गाडी भएकाले बाटोमा नरोकी ट्राफिक प्रहरीले सिंहदरबार पुगेर जरिवाना गरेको हो।

 थापाथलीमा लेन क्रस गरेपछि अर्याल सवार गाडी र अगुवा पछुवालाई ‘लेन क्रस गरेको कसुर’ मा चिट काटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।