कालिकोटको नाग्ममा पहिरो, एकै परिवारका ४ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०५-१४ ०३:४९ मा प्रकाशित
Total Shares: 263
कालिकोट - जिल्लाको तिलागुफा नगरपालिका १ नाग्म बजारमा गएको पहिरोमा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
आइतबार बिहन साँढे ७ बजेतिर गएको पहिरोमा परी पुरिएर नाग्म बजारका स्थानीय चारजनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीयाले जानकारी दिए ।
उनका अनुसार कालिकोट र जुम्लाको सीमानामा रहेको नाग्म बजारमा गएको पहिरोमा मृत्यु हुनेहरुमा नाग्म बजारमा व्यपार व्यवसाय ४० वर्षीय परेक शाही, उनको ५ वर्षीय छोरा निराजन शाही, दुई महिनाको छोरा अक्कल शाही, ७ वर्षीया छोरी हिमा शाही रहेका छन् ।
उनकी श्रीमती पुन्या शाही र स्थानीय अर्जुन हमालको जिवितै उद्धार गरी उपचारका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस