दबंगका निर्देशकको आरोपपछि सलमान खानको परिवारद्वारा मानहानीको मुद्दा दर्ता
एजेन्सी - बलिउड नायक सुशान्त सिंह राजपुतको मृत्युपछि भारतीय चलचित्र क्षेत्रमा आरोप–प्रत्यारोप चलिरहेको छ । गत हप्ता अनुराग कश्यपका भाइ अभिनवले सलमान खान र उनका भाइलगायत पूरा परिवारले उनको करियर बर्बाद गरेको आरोप लगाएका थिए ।
अब अरबाज खान र सोहेले खानले उनलाई कानूनी उपचारमार्फत् जवाफ फर्काएका छन् । उनीहरुले अभिनव सिंह कश्यपविरुद्ध मानहानिको मुद्दा दर्ता गरेका छन् । बलिउड हंगामासँगको कुराकानीमा अरबाजले यसबारे कुरा गरेका छन् ।
अरबाजका अनुसार अभिनवले फिल्मबाट हटाइएको र खान दाजुभाइसँग मतभेदको विषयमा पोस्ट गरेलगत्तै आफूले कानूनी कारवाही गर्न चाहेका थिए । अरबाजका अनुसार दबंग टुमा काम सुरु गरेपछि उनको अभिनवसँग कुनै प्रकारको कुरा भएको छैन । यस्ता कुराहरु कहाँबाट आइरहेका छन् मलाई थाहा छैन तर पहिले पनि हामीले उनीविरुद्ध मानहानीको मुद्दा दर्ता गर्नेबारे सोचेका थियौँ ।’
फेसबुक पेज Like गर्नुहोस