सर्वोच्चका प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुई उजुरी
खबर एक्सप्रेस
२०८१-०६-३० ०२:१९ मा प्रकाशित
Total Shares: 131
काठमाडौं - सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाविरुद्ध दुईवटा उजुरी परेका छन्।
प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेको हो ।
एकजनाले आफैँ उपस्थित भएर उजुरी दिएका छन् भने अर्को उजुरी इमेलमार्फत आएको संसदीय सुनुवाइ समितिले जनाएको छ ।
सुनुवाइ समितिले यही असोज १५ गते सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्धय निरौला र नित्यानन्द पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो ।
निर्धारित समयमा निरौलाविरुद्ध मात्रै उजुरी परेको हो । स्रोतका अनुसार निरौलाविरुद्ध सर्वोच्च अदालतको भवन निर्माणसँग सम्बन्धित एउटा उजुरी छ भने अर्को उजुरी नियुक्ति प्रक्रियासँग सम्बन्धित छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस