कालोपुलमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु
खबर एक्सप्रेस
२०७७-०४-१९ ०३:०८ मा प्रकाशित
Total Shares: 285
काठमाडौं - महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।
कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको बिहान मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस