एजेन्सी - कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या उच्च रहेको छ ।

त्यहाँका सरकारी अधिकारीका अनुसार बितेको २४ घण्टामा १ हजार ९ सय ३९ जनाको मृत्यु भएको छ । जबकी आइतबार १ हजार ५ सय ६१ जनाको मात्र ज्यान गएको थियो ।

हालसम्म अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२ हजार ५ सय १४ जना पुगेको छ भने ७ लाख ९२ हजार संक्रमित छन् ।

अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो ।