टी-२० क्रिकेट : आज आयरल्यान्ड ‘ए’सँग भिड्दै नेपाल
खबर एक्सप्रेस
२०८०-१२-१२ १०:३८ मा प्रकाशित
Total Shares: 129
काठमाडौं - नेपालले टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए सँग पहिलो खेल खेल्दैछ ।
दुई वटा अभ्यास खेल खेल्न लागेका आयरल्यान्ड ए र नेपालबीच पहिलो प्रतिस्पर्धा आज हुन लागेको हो ।
खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले कप्तानी गर्नेछन् ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा र आकाश चन्द।
फेसबुक पेज Like गर्नुहोस