काठमाडौं - नोभेल कोरोना भाइरसको संक्रमणबाट स्पेनमा २० हजारभन्दा बढीको मृत्यु भएको छ । 

स्पेनी स्वास्थ्य मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार कुल मृत्यु हुनेको संख्या २० हजार ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा स्पेनमा ५६५ जनाको मृत्यु भएको छ । शुक्रबार ५८५ जनाको मृत्यु भएको थियो भने बिहीबार ५३५ जनाको मृत्यु भएको छ । 

विश्वमा अमेरिकापछि सबभन्दा बढी कोरोना संक्रमित स्पेनमा रहेका छन् । स्पेनमा हालसम्म एक लाख ९१ हजार ७२६ कोरोना संक्रमित पुगेका छन् ।