काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन मंगलबार तोलामा ६ सय रुपैयाँले बढेर ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ । 

तेजाबी सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।  त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा ३५ रुपैयाँले बढेर १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।