काठमाडौं,एजेन्सी - बार्सिलोना र स्टार खेलाडी लियोनल मेस्सीबीच सझदारी भएको बताइएको छ । मेस्सी नयाँ बार्सासँग नयाँ सम्झौता गर्न तयार रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

पछिल्लो समय क्लबले सुधार गर्नुपर्ने ठाउँमा सुधार गरेको र मेस्सी पनि क्लबको निर्णयबाट सन्तुष्ट रहेको बताइएको छ ।

एएस मिडियाका अनुसार मेस्सीलाई बार्सिलोनाले दुई वर्षको सम्झौता अफर गरेको छ ।

क्लबले नयाँ फरवार्ड सर्जियो अगुइरोलाई अनुबन्ध गरेको र उक्त निर्णयबाट मेस्सी खुसी रहेको मिडिया रिपोर्टमा उल्लेख छ । 

यसअघि मेस्सीले बार्सिलोना छोड्ने खबर लगातार आएका थिए । उनलाई म्यानचेस्टर सिटीले अनुबन्ध गर्न चाहेको बताइएको थियो ।