काठमाडौं- जनकपुरबाट हिडेरै काठमाडौं आउँदै गरेका मिटरब्याज पीडितहरुलाई भेट्न गृहमन्त्री सुधन गुरुङ बार पुगेका छन् । ‘पैदल न्याय मार्च’मा जनकपुरधामदेखि काठमाडौं निस्केका मिटरब्याज पीडितहरुसँग गृहमन्त्री गुरुङले बाराको निजगढमा भेटेका हुन् । गृहमन्त्री भेट्न आउँदै छन् भन्ने खबर पाएपछि निगढमै रोक्किएका मिटरब्याज पीडितहरुसँग गुरुङले भेटेका हुन् । उनीहरुलाई भेटेर गृहमन्त्री गुरुङ मिटरब्याज पीडितको माग तथा समस्या समाधानका बारेमा संवाद गरिरहेका छन् । उद्योग वाणिज्य संघ निजगढको सभाल हलमा गृहमन्त्री र मिटरब्याज पीडितहरुबीच संवाद भइरहेको छ ।
जनकपुरबाट हिंडेरै काठमाडौं आउँदै गरेका मिटरब्याज पीडित भेट्न निजगढ पुगे गृहमन्त्री
खबर एक्सप्रेस
१ घण्टा अगाडि
७


.gif)
