एमालेको घोषणापत्रः प्रतिव्यक्ति आम्दानी २ हजार ४०० अमेरिकी डलर पुर्याउने
खबर एक्सप्रेस
२०७९-०७-१५ ०५:२६ मा प्रकाशित
Total Shares: 302
काठमाडौं - नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो ।
उक्त घोषणापत्रमा आगामी ५ वर्षभित्र नेपालीको आम्दानी २ हजार ४०० अमेरिकी डलर पुर्याउने दाबी गरिएको छ ।
‘आगामी पाँच वर्षभित्र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी अमेरिकी डलर २ हजार ४०० पुर्याइनेछ,’ सार्वजनिक घोषणापत्रमा एमालेले उल्लेख गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस