स्याङ्जा - घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा स्याङजाको गल्याङ नगरपालिका १० गाउँस्वाराकी ५२ वर्षीया माया सारूको मृत्यु भएको छ । मायाकी २० वर्षीया छोरी नारायणी सारू घाइते भएकी छिन् । घा

इते नारायणीलाई उपचारका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको छ । भिरालो जमिन, घर भन्दा २० मिटरमाथि रहेको ढिस्को खसेको प्रहरीले जनाएको छ ।