नागार्जुन नगरपालिकाका मेयरलाई कोरोना पोजेटिभ
खबर एक्सप्रेस
२०७७-०५-१८ ०९:०२ मा प्रकाशित
Total Shares: 434
काठमाडौं - नागार्जुन नगरपालिकाको मेयरलाई कोरोना पोजेटिभ देखिएको छ । नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत र वडा अध्यक्ष राजेन्द्र बुढाथोकीलाई कोरोना पोजेटिभ देखिएको हो ।
भदौ १२ गते स्वास्थ सेवा विभाग टेकुबाट कन्ट्याक ट्रेसिङ अन्तर्गत पीसीआर नमुना परीक्षण गर्ने क्रममा मेयर बस्नेत र वडानं ६ का अध्यक्ष बुढाथोकीको नेगेटिभ रिपोर्ट आएको थियो ।
तर, वडा अध्यक्ष बुढाथोकीको स्टार हस्पिटलमा पुन: पीसीआर परीक्षण गर्दा भदौ १६ गते पोजेटिभ देखिएको थियो । त्यसपछि मेयर बस्नेतको पनि परीक्षण गर्दा पोजेटिभ देखिएको नगरपालिका प्रशासनले जानकारी दिएको छ ।
फेसबुक पेज Like गर्नुहोस