काठमाडौं - अक्सिजन ग्यासको कारण देखाउँदै काठमाडौँका चार अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न नसकिने बताएका छन् । 

मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्रि अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर र हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै अक्सिजन ग्यासको अभावका कारण बिरामीलाई भर्ना गर्न नसक्ने बताएको हो । 

अक्सिजनको नियमति आपूर्ति नभएसम्म सिमित शय्यामात्र सञ्चालन ल्याएर सेवा प्रदान गरिने अस्पतालले जानकारी दिएको छ ।