श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा
खबर एक्सप्रेस
२०७९-०५-२७ ०८:५२ मा प्रकाशित
Total Shares: 186
काठमाडौं - नेपालले घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।
सोमबार दशरथ रंगशालामा भएको समूहको अन्तिम खेलमा श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।
नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन् । यस्तै कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले समान एक/एक गोल गरिन् ।
समूह ‘बी’ मा नेपालले दुई खेलबाट ६ अंक जोड्यो । भुटानले ३ तथा श्रीलंका अंक विहीन बन्यो ।
फेसबुक पेज Like गर्नुहोस