काठमाडौंबाट पक्राउ परेका पूर्वडीआईजी छविलाललाई पोखरा लगिँदै
खबर एक्सप्रेस
२०८१-०६-०६ ०५:१७ मा प्रकाशित
Total Shares: 91
काठमाडौं - सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पोखरा लगिदैँ छ । आइतबार काठमाडौंबाट पक्राउ परेका उनलाई राति ८ बजेको बुद्ध एयरबाट पोखरा लगिन लागिएको हो ।
स्रोतका अनुसार हिरासतमा राख्नको लागि आवश्यक पर्ने मेडिकल रिपोर्ट पनि पोखरामै गराउने तयारी गरिएको छ ।
अमेरिकन पीआर होल्डरछविलाल लाई विदेश भाग्ने तरखरमा रहेका बेला काठमाडौंको जडिबुटीबाट नियन्त्रणमा लिएको बताइएको छ । जोशीलाई प्रहरीले जरुरी पक्राउ पुर्जी थमाएर पक्राउ गरेको हो ।
सहकारी ठगी छानबिन विशेष समितिले जोशीलाई कारबाहीको सिफारिस गरेको थियो । उनी गोरखा मिडियाका अध्यक्ष जीबी राई र रवि लामिछानेका व्यावसायीक पार्टनर हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस