काठमाडौं - सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पोखरा लगिदैँ छ । आइतबार काठमाडौंबाट पक्राउ परेका उनलाई राति ८ बजेको बुद्ध एयरबाट पोखरा लगिन लागिएको हो ।

स्रोतका अनुसार हिरासतमा राख्नको लागि आवश्यक पर्ने मेडिकल रिपोर्ट पनि पोखरामै गराउने तयारी गरिएको छ ।

अमेरिकन पीआर होल्डरछविलाल लाई विदेश भाग्ने तरखरमा रहेका बेला काठमाडौंको जडिबुटीबाट नियन्त्रणमा लिएको बताइएको छ । जोशीलाई प्रहरीले जरुरी पक्राउ पुर्जी थमाएर पक्राउ गरेको हो ।

सहकारी ठगी छानबिन विशेष समितिले जोशीलाई कारबाहीको सिफारिस गरेको थियो । उनी गोरखा मिडियाका अध्यक्ष जीबी राई र रवि लामिछानेका व्यावसायीक पार्टनर हुन् ।