मन्त्री आलेको सचिवालयका थप दुई जनामा सङ्क्रमण
खबर एक्सप्रेस
२०७८-१०-०४ १०:४२ मा प्रकाशित
Total Shares: 150
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।
सोमबार गरिएको कोरोना परीक्षणमा उनीहरू दुवै जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । मन्त्री आलेसहित उनका स्वकीयसचिव हेमन्त रेग्मीलाई सोमबार नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
पोजेटिभ देखिएकाहरूको अवस्था सामान्य रहेको र मन्त्री आलेसहित सबै होमआइसोलेशनमा रहेका बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस