काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले साबिक विजेता जनकपुर बोल्ट्समाथि ९ रनको रोमाञ्चक जित निकालेको छ ।

विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो।जनकपुरको लागि निकोल लोफ्टी इन्टोनले सर्वाधिक ४१ रन बनाए पनि जितका पर्याप्त हुन सकेन ।

लाहिरु मिलान्था २३, आसिफ शेख १३, कप्तान अनिलकुमार शाह ४, सन्जय कृष्णमुर्ति २० र मायन यादव ४ रनको योगदान दिए ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । ४ ओभरमा ११ खर्चेर सन्दीपले ४ विकेट लिए । सूर्य तामाङले २, मार्चेन डि लिंगेले र शिभम रन्जनेले एकरएक विकेट लिए ।

त्यसअघि टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

विराटनगरका लागि शिवम रन्जानेले सर्वाधिक ३७ रन बनाए । बसिर अहमद ३६, ओपनर लोकेश बम २८, जर्ज मुन्से १०, गप्टिल मार्टिन १३ र नारायण जोशी २ रनमा आउट भए । बलिङ जनकपुरका संगित कुरे र रुपेश सिंह २९२ र आदित्य मेहताले एक विकेट लिए ।

यी दुईबीच गत संस्करण उद्घाटन खेलमा भेट भएको थियो। जहाँ जनकपुरले ८ विकेटको सहज जित निकालेको थियो।

आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच खेल हुनेछ।