काठमाडाैं - नेपालमा पछिल्लो २४ घन्टामा १४५ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४५ जना संक्रमितको मृत्यु भएको हो । थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ५ हजार १ पुगेको छ ।

त्यस्तै, देशभर ७०१ जना क्वारेन्टिनमा रहेका छन् ।