काठमाडौं - मन्त्री तथा सांसदहरूले शुक्रबारको बैठकमा नागरिकता विधेयक पेश हुने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री तथा सांसदहरूले फास्ट ट्रयाकबाट विधेयक पारित हुने बताए । उनीहरूले नागरिकता विधेयक सर्वसम्मत्तिबाट पारित हुनपर्नेमा जोड दिँदै त्यसका लागि नेताहरूले कोशिस गरिरहेको जानकारी दिए ।

वन तथा वातावरण मन्त्री प्रदीप यादवले संसदमा पेश गर्ने नयाँ नागरिकता सम्बन्धी विधेयक फाष्ट ट्रयाकबाट पारित हुने बताएका छन् ।

मन्त्री यादवले सरकारले संसदमा पेश गर्ने नागरिकता सम्बन्धी नयाँ विधेयक फाष्ट ट्रयाकबाट पारित हुने बताए । उनले जन्मसिद्धका छोराछोरी अनागरिक भएर बाच्नुपरेको भन्दै सर्वसम्मत् रूपमा विधेयक पारित गर्नुपर्ने बताए।