काठमाडौं - सिन्धुपाल्चोक, बाह्रबिसे पहिरोमा हराएकामध्ये हालसम्म नौजनाको शव फेला परेको छ । २२ जना अझै बेपत्ता रहेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

स्थानीय शिक्षक बजिरसिंह भण्डारीका अनुसार दिउँसो साढे १ जबेसम्म ९ जनाको शव फेला परेको  छ । उनका अनुसार पहिरोमा २२ जना बेपत्ता छन् । २२ घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको र १८० घरधुरी जोखिममा देखिएका छन् ।

गएराति ३ बजे आसपासबाट सुरु भएको पहिरोले बढी क्षति भिरखर्क र नागपुजेमा पुर्‍याएको छ । भिरखर्कस्थित सानो सल्लेनी सामुदायिक वनबाट पहिरो सुरु भएको स्थानीयले बताएका छन् । सानो सल्लेनीमा हिउँदयाममै पहिरो चलेपछि १२ घर स्थानान्तरण गर्न नगरपालिकाले चासो पनि देखाएको थियो । वर्षा सुरु भएसँगै काम अलपत्र परेको स्थानीयले बताएका छन् ।