नेपालमा थप १२२ जनामा कोरोना पुष्टि
खबर एक्सप्रेस
२०७७-११-०३ ०४:४६ मा प्रकाशित
Total Shares: 398
काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा थप १२२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या २ लाख ७२ हजार ८४० जना पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित नेपालमा हालसम्म २ लाख ६९ हजार २०४ जना निको भएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस