अफगान महिला फुटबल खेलाडीको उद्धार गर्न फिफाको आग्रह
काठमाडाैं - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अफगानिस्तानका महिला खेलाडीहरुको उद्धार गर्न विभिन्न देशका सरकारहरुसँग आग्रह गरेको छ । तालिबानले अफगानिस्तानको राजधानी काबुलमा कब्जा गरेपछि खेलाडीहरु ज्यानको सुरक्षालाई लिएर डराइरहेका छन् ।
खेलाडीहरुको संगठन फिप्रोले पनि खेलाडीहरुलाई सहयोग गर्न आग्रह गरिरहेको छ । युनियनले खेलाडीहरुको उद्धारका लागि काम गरिरहेको र धेरै मानिसहरुको सुरक्षामा ल्याउने जनाएको छ । फिफाले अफगानिस्ताको स्थिति अस्थिर र चिन्ताजनक रहेको बताएको छ । यसअघि अफगानिस्तान महिला फुटबल टोलीकी पूर्वकप्तान खालिदा पोपलले खेलाडीहरुको सुरक्षाको लागि आग्रह गरेकी थिइन् ।
तालिवानले अफगानिस्तानमाथि कब्जा गरेपछि खेलाडीहरु सुरक्षाको विषयलाई लिएर डराइरहेका छन् । पोपलले भनेकी छिन्, ‘म राम्रोसँग निदाउन सकिरहेको छैन, रोइरहेको छु र एकदमै असहाय महशुस गरिररहेको छु ।’ फिफाका प्रवक्ताका अनुसार उनीहरुले अफगानिस्तान फुटबल संघ र अन्य सरोकारवालासँग छलफल गरिरहेको र खेलाडीहरुको बारेमा जानकारी लिइरहेको बताएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस