काठमाडौं - मुगुमा पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्। छाँयानाथ रारा नगरपालिका– ११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको हो।

नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता भएका हुन्। उद्दारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।