काठमाडौं - राहुल गान्धी अब भारतीय राष्ट्रिय कांग्रेस पार्टीका अध्यक्ष रहेनन्। उनले चार पेज लामो राजीनामा प्रस्तुत गर्दै आफू अब पार्टीको अध्यक्ष नभएका प्रस्ट पारेका छन्।

बुधबार राजीनामा दिएका गान्धी अब अध्यक्षमा नर्फकने निर्णणप्रति अडिग रहेका छन्। यसअघि केन्द्रीय समितिको बैठकमा आफूले राजीनामा दिने तयारी गरेको जानकारी गराएका थिए।  पार्टीका अधिकांश केन्द्रीय सदस्यहरुले उनलाई राजीनामा नदिन आग्रह गरेका थिए। तर, राहुलले बहुमत केन्द्रीय सदस्यका आग्रहविपरीत बुधबार राजीनामा दिए।

राहुलको राजीनामापछि अब कांग्रेसमा उनको राजीनामा स्वीकृत गर्नु र नयाँ नेता चुन्नुको विकल्प छैन। तर, त्यसको प्रक्रिया के हुने भन्ने बारेमा केन्द्रीय समितिको निर्णयमा भर पर्दछ। कांग्रेसको विधान अनुसार यस्तो परिस्थितिमा पार्टीको वरिष्ठ महासचिवले अस्थायी रुपमा अध्यक्षको कामकाज सम्हाल्ने रहेको छ।

अहिले कांग्रेसको वरिष्ठ महासचिव मोतीलाल बोहरा रहेका छन्। उनले नै तत्काल पार्टीको बैठक बोलाउने र पार्टीको आगामी यात्रा तय गर्ने छन्।

वरिष्ठ महासचिव मोतीलाल बोहरा

राहुलले आफ्नो चार पेज लामो राजीनामा पत्रमा सत्ताभन्दा विचारधारालाई प्राथमिकता दिएको बताएका छन्। उनले भनेका छन्, ‘हामी हाम्रा प्रतिवद्धतालाई जबसम्म हराउन सक्दैनौँ जबसम्म सत्ताको चाहना छोड्दैनौ। यो एउटा विचारघारको लडाइ हो।’ राहरलले आफू र पार्टीका नेतृत्वपंक्तिलाई संकेत गर्दै यस्तो बताएका हुन्।

वस्तुगत परिस्थितिअनुसार अब गान्धी र नेहरु परिवारका कोही पनि सदस्य नयाँ नेतृत्वको चुनावमा सक्रिय रुपमा सहभागी हुने छैनन्।  यस्तोमा नयाँ नेतृत्व सर्वसम्मतबाट चुनिने र उसले पार्टीलाई एक ठिक्का राख्न सक्छ कि सक्दैन भन्ने प्रश्न समेत उब्जिएको छ। यो महत्व पूर्ण प्रश्न हो र यसको जवाफ अध्यक्ष गान्धीले दिनुपर्ने थियो।

राजनीतिमा हार र जित दुबै हुने र हारको जिम्मेवारी पनि नेता गणले नै लिनुपर्ने हुन्छ। यसमा पनि एउटा शिष्टता र विवेक हुनुपर्छ। त्यो यस तरिकारले पद छोडर जानुमा छैन।

राहुललाई राजीनामाबाट नरोक्ने हो भने अध्यक्षका रुपमा उनको छोटो कार्यकाल समाप्त भएको छ। यो स्वीकार गर्नुपर्छ कि उनको नेतृत्वमा पार्टीले तीन राज्यमा विधानसभाको चुनाव जितेको छ। इो पनि याद राख्नु पर्छ कि २०१९ को लोकसभा चुनावमा ठूलो हार ब्यहोरेको छ।

लोकसभा चुनाबमा कांग्रेसको हारका दुई-तीन प्रमुख कारण थिए। उनमा एक यो पनि हो की भारतीय जनता पार्टीले बालाकोट घटनापछि अभिव्यक्ति आफ्नो पक्षमा लिन सफल भयो। त्यही समय कांग्रेसका तर्फबाट यस मुद्दामा जुन प्रश्न उठाइयो त्यो जनतलाई राम्रोसँग बुझाउन सकेन।

यस प्रकरणम राहुल आफैले सोच्नु पर्थ्यो कि के यसमा उनको कुनै गल्ती छैनरु त्यो समयमा पार्टीका जुन भूमिका बनेको थियो, त्यो बनाउनमा मुख्य योगदान अध्यक्षको नै थियो। उनले आफ्नो त्यही गल्ती स्वीकार गर्दै राजीनामा दिए। तर राजीनामा दिनुभन्दा अगाडि पार्टीमा नियमित कामकाजका लागि नयाँ नेता र नयाँ उद्देश्य तय गर्नु पर्ने थियो। तर, उनी यो प्रक्रिया सुरु नगरिकन बीचमा छाडेर गएका छन्।

मलाई लाग्छ कि यो पार्टीको हितमा छैन र आउँदो केही महिनामै पार्टीले चुनावको सामना गर्नुपर्छ। राहुललाई एक असक्षम र असफल अध्यक्षको बिल्ला भिराउने कुरामा मेरो सहमति छैन।

राजनीतिमा समय बदलिन्छ। कहिलेकाहीँ एकदमै तीव्र गतिमा बदलिन्छ भने कहिले यसका पछि एउटा लामो संघषी आवश्यक पर्दछ। कहिल्यै कुनै नेतालाई कमजोर मान्नु हुँदैन। कयौँ पटक एकै झड्कामा परिवर्तन हुन्छ। हामीले इतिहासमा यस्तो थुप्रै पटक देखेका छौँ।

बीबीसी हिन्दीबाट