डिफेन्डर नाचो फर्नान्डेज रियलमै रहने
खबर एक्सप्रेस
२०७८-०३-२५ १०:१७ मा प्रकाशित
Total Shares: 258
काठमाडौं - स्पेनिस क्लब रियल म्याड्रिडले डिफेन्डर नाचो फर्नान्डेजको सम्झौता नविकरण गरेको छ ।
रियलले नाचोसँगको सम्झौता १ वर्ष बढाएको हो । नयाँ सम्झौता अनुसार फर्नान्डेज सन् २०२३ मा म्याड्रिडमा हुनेछन् । रियलकै एकेडेमीका उत्पादन नाचोले ११ वर्षको उमेरमा सन् २००१ मा रियलमा आएका थिए । ३१ वर्षिय नाचोले रियलबाट २ सय ३३ खेलमा सहभागीता जनाएका छन् भने १२ गोल गरेका छन् ।
रियलले सन् २०१४ देखि २०१८ को बीचमा चार पटक च्याम्पियन लिगको उपाधि जित्दा उनी टोलीका सदस्य रहेका थिए । उनले दुई ला लिगाको उपाधि पनि जिेतका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस