सभामुखको टुंगो लगाउन नेकपाले बोलायो सचिवालय बैठक
खबर एक्सप्रेस
२०७६-१०-०५ ११:०० मा प्रकाशित
Total Shares: 536
काठमाडौं - सभामुखको उम्मेदवार चयन गर्नका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आइतबार सचिवालय बैठक डाकेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि दिउँसो ४ बजेका लागि सचिवालय बैठक बोलाउने निर्णय भएको हो ।
सभामुख पदमा पूर्वएमाले अथवा पूर्वमाओवादीको आ-आफ्नै अडान र उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिन नमानेपछि यो विषय पेचिलो बन्दै गएको छ ।
प्रतिनिधिसभाको सभामुख पद रिक्त भएपछि हिउँदे अधिवेशन पहिलो बैठकपछि तीनपटक सूचना टाँसेर बैठक स्थगित भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस