प्रदेश ३ मा नेपाली कांग्रेसले पनि दर्ता गरायो उम्मेदवारी
खबर एक्सप्रेस
२०७६-०९-२० ११:०० मा प्रकाशित
Total Shares: 392
काठमाडौं - माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले प्रदेश ३ मा उम्मेदवारी मनोनयन दर्ता गराएको छ ।
ललितपुरको जावलाखेलस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी कांग्रेसले मध्याह्न १२ बजे उम्मेदवारी मनोनयन दर्ता गराएको हो ।
सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य निमा लामाको प्रस्ताव र प्रदेश सभा सदस्य विजया श्रेष्ठ केसीको समर्थनमा छलीकुमारी उपाध्यायले उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् ।
यस्तै सुनकोशी गाउँपालिकाका प्रमुख श्रवणकुमार जिसीको प्रस्ताव र इन्द्रावती गाउँपालिका प्रमुख वंशलाल तामाङको समर्थनमा हरिशरण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस