धर्नामा बसेका कानुन व्यवसायीलाई अभियान्ताले गरे जुत्ता प्रहार
खबर एक्सप्रेस
२०७९-०८-२१ ०३:५६ मा प्रकाशित
Total Shares: 198
काठमाडौं-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वाेच्च अदालतमा प्रवेश गर्न नदिन धर्नामा बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार भएको छ ।
आफूविरुद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले पत्र दिएपछि बुधबार सर्वाेच्च अदालत जबरा आउने भएपछि सर्वाेच्चमा धर्नामा बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार भएको हो ।
कानुन व्यवसायीमाथि एक महिलाले जुत्ता प्रहार गरेकी हुन् । अभियान्ता तारा बरालले कानुन व्यवसायीमाथि जुत्ता प्रहार गरेकी हुन् ।
जबराको पक्षमा नारा लगाउँदै कानुन व्यवसायीमाथि जुत्ता प्रहार गरेकी बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस