नग्न तस्बीर देखाइदिन्छु भन्दै धम्की दिने विनयजंग बस्नेतविरूद्ध पक्राउ पुर्जी जारी
काठमाडौं - बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेतविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। बस्नेतलाई पक्राउ गर्न आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले पुर्जी जारी गरेको हो ।
नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा मगरले जाहेरी दिएकी थिइन् ।
परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)अशोक सिंहका अनुसार बस्नेत हाल उपत्यका बाहिर रहेकोले खोजी भैरहेको छ ।
बेवारिसे शवलाई दागबत्ति दिएर अन्येष्टि गर्ने बस्नेत र मगर केही समयअघि सामाजिक सञ्जालमा भाइरल भएका थिए । बस्नेतलाई मगरले ‘बुबा’ पनि भन्दै आएकी थिइन् तर, पछिल्लोसमय उनीहरुबिच राम्रो सम्बन्ध थिएन । यसैबिच बस्नेतले एक युट्युबमा मगरको नांगा तस्वीर आफूसँग भएको भन्दै ‘देखाइदिम देखाइदिम’ भन्दै झोक्किएका थिए ।
फेसबुक पेज Like गर्नुहोस