अमरेशकुमार सिंहले दिए राजीनामा
खबर एक्सप्रेस
२०७८-०४-०६ ०८:४१ मा प्रकाशित
Total Shares: 297
काठमाडौं - काँग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । बुधबार साँझ सिंहले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा पेश गरेका हुन् ।
क्रियाशील सदस्यता वितरणमा व्यापक रूपमा धाँधली भएको र वर्षौंदेखि कांग्रेसमा काम गर्दै आएका इमान्दार कार्यकर्ताहरू मर्कामा परेकोले आफूले सांसदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।
सिंहले प्रदेश २ मा पार्टीका उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको बताएका छन् ।
सिंह सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य हुन् ।
फेसबुक पेज Like गर्नुहोस